
काठमाडौं । मोडल तथा कलाकार रियाशा दाहालको आवाजमा ‘मायाका केही गीत’ बोलको गीत सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा रियाशासँगै एसडी योगी, रेश्मा पुन र रुपक दाहालको आवाज रहेको छ ।
गीतको भिडियोमा रियाशाले आफ्नो विवाहको भिडियोलाई समेटेकी छन् । हर्क साउँदको शब्द लेखनमा तयार भएको गीतमा रिकेश गुरुङको संगीत रहेको छ । संगीत निर्देशन एसडी योगीले गरेका हुन् ।
रियाशाले रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ सँग वैशाख २० गते विवाह गरेकी हुन् ।
भिक्टर र रियाशाले लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्