
काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दुई खेल हुँदैछ ।
आइतबार हुने पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सको सामना गर्नेछ ।
राजस्थान र बैंग्लोरबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेबाट सुरु हुनेछ । आइतबार नै हुने चेन्नई र कोलकाताबीचको दोस्रो खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्