२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


मौद्रिक नीति अपेक्षा गरेजस्तो भएन : अध्यक्ष ढकाल


221
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले निजी क्षेत्रले अपेक्षा गरे जस्तो अर्थतन्त्र चलायमान बनाउन नसक्ने टिप्पणी गर्नुभएको छ ।

काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले वर्तमान अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न मौद्रिक नीतिको समीक्षा पर्याप्त नभएको टिप्पणी गर्नुभएको हो । उहाँले चुनौतिपूर्ण अर्थतन्त्रबाट बाहिर निस्कने अवस्था बन्न नसकेको बताउनु भयो ।

अध्यक्ष ढकालले असार मसान्तसम्म बैंकको कर्जामा ५ करोड सम्मको मात्रै पुनःतालिकिकरण र पुनःसंरचनाको सुविधा पर्याप्त नभएको जिकिर गर्नुभयो ।

अध्यक्ष ढकालले महासंघले दिइएका सुझावहरू सबै मौद्रिक नीतिको समीक्षामा सम्बोधन नभएको भन्दै सम्बोधन हुन बाँकी सुझावहरू आगामी मौद्रिक नीतिले र बजेटले सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले अर्थतन्त्रमा समस्या र चुनौतिहरू धेरै देखिएको भन्दै सम्बोधन गर्न मौद्रिक नीति पर्याप्त नभएको दाबी गर्नुभयो ।

महासंघले दिइएका सुझावहरू सबै मौद्रिक नीतिको समीक्षामा सम्बोधन नभएको भन्दै सम्बोधन हुन बाँकी सुझावहरू आगामी मौद्रिक नीतिले र बजेटले सम्बोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।