
काठमाडौं। गायक प्रदीप कार्कीको ‘तै मायाको’ बोलको गीत सार्वजनिक भएको छ ।
१५ दशकअघि बेलायत हानिएका गायक कार्की परवासमा रहेर पनि एकपछि अर्को शृजना ल्याउनमा निकै तल्लिन देखिन्छन् । दोलखामा जन्मे हुर्केका गायक कार्कीले बेलायतबाट नै रिलिज गरेको ‘तै मायाको’मा शब्द तथा संगीत दीपक शर्माको रहेको छ ।
जसमा रिकेश गुरुङको एरेन्ज रहेको छ भने किशोर थापाको मिक्सङ तथा मास्टरिङ रहेको छ । डान्सिङ शैलीमा तयार ‘तै मायाको’ सुन्ने हरेक दर्शकलाई यो गीतले छमछम नचाउने विश्वास गायक कार्कीले लिएका छन् ।
सार्वजनिक गीतको भिडियोमा मोडलद्धय सुनिल क्षेत्री र एलिशा शर्माको अभिनय देख्न सकिन्छ । आफ्नी मायालुको वर्णन गरेका प्रेमीका रुपमा देखिएका सुनिलले भिडियोमा एलिशालाई चोखो प्रेम दर्शाएका छन् । दुर्गा पौडेलको छायांकन रहेको भिडियोको सम्पादन विकाश ज्ञवालीले गरेका हुन् ।
गायक कार्कीका यसअघि सुनै सुनको तिलहरी, यो जिन्दगी, मेरा लागि तिमी भन्दा, बिचै बाटो, लगायतका दर्जन बढी गीतहरु बजारमा ल्याइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्