
काठमाडौं । जबरजस्ती करणीमा पीडित बिनु यादव राज्यबाट न्यायको माग गर्दै ५ दिनदेखि माइतीघर मण्डलामा आमरण अनशन बस्नुभएको छ ।
२०७५ सालमा आफूमाथी जबर्जस्ती करणी गर्ने रामेछाप निवासी प्रदीप कठायतमाथिको उजुरी जबर्जस्ती फिर्ता गराइएको भन्दै यादव अनसन बस्नुभएको हो ।
कालिमाटी प्रहरी वृतमा दिएको उजुरि शक्तिको आडमा ज्यान मार्ने धम्की दिदै फिर्ता गर्न लगाउने प्रहरी अधिकारीमाथि कारवाही गर्न यादवको माग छ ।
उजुरीको हदम्याद कटाउन प्रदीप कठायतले विवाहको नाटक गरी आफूमाथी शारिरीक तथा मानसिक यातना दिएको बिनुको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्