
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई चलचित्र छायांकनका लागि राम्रो गन्तव्यस्थल बनाउनुपर्ने बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित ११ औं नेफ्टा फिल्म अवार्डको टप ५ उत्कृष्ट चलचित्र सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले प्रकृतिको सुन्दर उपहार नेपालको भूमी अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि राम्रो गन्तव्यसथल बन्नसक्ने तर यसको प्रचारप्रसार अधिकतम हुनुपर्ने बताउनुभयो । उहाँले सबै पक्ष एकजुट भए नेपाली चलचित्र क्षेत्रले थप फड्को मार्ने बताउनुभयो ।
उहाँले नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई थप सुनिश्चितताका साथ कार्यान्वयनमा लैजान चलचित्र क्षेत्रले पनि महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले बहुभाषा र बहुसंस्कृति नेपालका मौलिक पहिचान भएकाले यसको परावर्तन हरेक क्षेत्रमा हुन जरुरी रहेको बताउनुभयो ।
११ औं नेफ्टा फिल्म अवार्डको टप ५ चलचित्रमा कबड्डी ४, छक्कापञ्जा ४, ऐना झ्यालको पुतली, राधा र चिसो मान्छे अटाएका छन् ।
प्रतिक्रिया दिनुहोस्