
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् अर्थविद् डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरु सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित नक्कली भुटानी शरणार्थीसम्बन्धि बहस कार्यक्रममा बोल्दै उहाँले सो प्रकरणमा मुछिएका सबैलाई प्रहरीको अनुसन्धानको दायरामा ल्याउन ध्यान दिनुपर्ने बताउनुभएको हो ।
अपराध करार गर्ने भन्दा पनि ती पात्रहरुलाई सोधखोजका लागि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उहाँको भनाई थियो । सांसद वाग्लेले सो प्रकरण संगठित अपराध भएकाले अब नेपाल प्रहरीले अनुसन्धान गर्ने क्रम ७ दिन बाँकि रहेकाले त्यसमा सबैले सहयोग गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।
उहाँले आफ्नो पार्टीको जोड पनि त्यतै रहेको स्पष्ट पार्नुभयो । सांसद वाग्लेले सो प्रकरणमा अमेरिकी विदेश मन्त्रालय, संयुक्त राष्ट्रसंघीय निकाय र नेपालस्थित अमेरिकी दुतावासको चासो रहनु स्वभाविकै हुने पनि बताउनुभयो । सांसद वाग्लेले यो प्रकरणलाई ठगी, कीर्ते, मानव तस्करी, अन्तराष्ट्रिय संगठित अपराध र राजद्रोहमा तहको रुपमा लिनुपर्ने बताउनुभयो ।
सांसद वाग्लेले भ्रष्टाचारको स्वरुप बदलिएर पैसाबाट शेयर हुँदै अहिले सुन र हिरामा परिणत भएको स्मरण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्