१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल–बंगलादेशबीच ऊर्जा बैठक सुरु हुँदै


130
Shares

काठमाडौं । नेपाल–बंगलादेशबीच ऊर्जा बैठक सोमबारदेखि बंगलादेशमा सुरु हुँदैछ ।

वार्तामा आगामी वर्षायाममा विद्युत व्यापार सुरु गर्न आवश्यक वातावरण तयार गर्ने विषयमा छलफल हुने भएको छ । पहिलो दिन आज संयुक्त कार्य समूहको बैठक बस्ने छ भने दोस्रो दिन नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्नेछ । बैठकमा नेपालको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरे र बंगलादेशकातर्फको नेतृत्व त्यहाँका ऊर्जा सचिव हाबिबुर रहमानले गर्नेछन् ।

बंगलादेशमा लिखु–४ जलविद्युत आयोजनाको बिजुली बेच्ने नेपालको प्रस्ताव छ । उक्त प्रस्ताव भारत सरकारले स्वीकृत गरेर आफ्नो प्रसारणलाइन प्रयोगको अनुमति दिएपछि बंगलादेशसँग आगामी वर्षायाम अगावै विद्युत व्यापार गर्ने योजना छ । बैठकका बंगलादेशले सोलार बिजुली उत्पादनको अनुभव र नेपालले जलविद्युत आयोजना विकासको अनुभव पनि साटासाट गर्ने कार्यतालिका छ । बैठकमा सुनकोशी–३ को आयोजना विकासका सम्बन्धमा छलफल हुनेछ ।