
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दोस्रो जनआन्दोलनमा घाइते भई गत बैशाख २७ गते निधन भएका जिउँदो सहिद बनेपाका मुकेश कायस्थको परिवारमा दुस्ख ब्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलको तर्फबाट प्रेस सल्लाहकार किरण पोखरेल, राष्ट्रपति पौडेलको परिवारको तर्फबाट छोरी अबज्ञा पौडेल र प्रेस संयोजक खिला कार्कीले मुकेशको घरमा पुगेर दुःख ब्यक्त गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले सन्देश पठाउनुहुँदै मुकेश जस्ता योद्दाहरुको कारण नेपालमा लोकतान्त्रिक गणतन्त्र संभव भएको र मुकेशको योगदानलाइ भबी पुस्ताले सम्झिरहने उल्नेख गर्नु भएको छ । त्यस्तै बगमती प्रदेशका खनेपानी, सिंचाइ तथा उर्जा मन्त्री तिर्थ लामाले मुकेशको योगदानलाई सरकारले उचित सम्बोधन गर्ने बताउनुभयो ।
बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले राष्ट्रपति मार्फत सरकारको ध्यानाकर्षण गराउँदै सहिद घोषणा माग गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेललाइ माग पत्र हस्तान्तरण गर्नुभयो । दोस्रो जनआन्दोलनमा घाइते भएका बनेपाका मुकेश कायस्थको बैशाख २७ गते बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए । सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो । उनी १७ बर्ष १ महिना अचेत अवस्थामा रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्