१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आफ्नो एजेण्डामा सहमत गराउन भारतले प्रधानमन्त्री दाहालको भ्रमणपछि सार्दै लग्यो : रघुजी पन्त


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले आफ्नो एजेण्डामा सहमत गराउन भारतले प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण पछि सार्दै लगेको दाबी गर्नुभएको छ ।

पूर्वराजा ज्ञानेन्द शाहलाई भने उत्तरप्रदेशमा स्वागत गरेर भारतले प्रधानमन्त्रीमाथि भने आफ्नो एजेण्डामा सहमत गराउन दवाव कूटनीति अवलम्बन गरिरहेको उहाँको आरोप थियो ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री दाहाल र नेपाल सरकारलाई भारतको सो कूटनीतिको दवावमा नपर्न पनि सचेत गराउनुभयो । उहाँले इतिहासमा कहिल्यै पनि पराधिन नभएको नेपाल र त्यस देशका प्रधानमन्त्रीको भारत भ्रमणको कार्यसूचिमा देशको शीर निहुँर्‍याउने, देशलाई अप्ठ्यारोमा पार्ने, नेपालको स्वाभिमान गिराउने कुनै पनि एजेण्डा हुन नहुनेतर्फ पनि गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

सांसद पन्तले नेपालको असंलग्न परराष्ट्र नीतिले आफ्नो सन्तुलन गुमाउन थालेको उल्लेख गर्दै दुःख समेत व्यक्त गर्नुभयो ।