१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रायमाझीलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगियो


468
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानान्त्री टोपबहादुर रायमाझीलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।

रायमाझीलाई सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएपछि म्याद थपका लागि अदालत लगेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार भएका थिए । उनलाई अनुसन्धानका लागि प्रहरीले आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट पक्राउ गरेको थियो ।

शरणार्थी प्रकरणमा रायमाझीका छोरा सन्दीपविरुद्ध वैशाख २० गते नै पक्राउ पुर्जी जारी भएको थियो । उनका छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन् ।