२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


संघीयता नै जोखिममा पर्ने अवस्था देखियो : अध्यक्ष नेपाल


1.235k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संघीयता जोखिममा पर्ने अवस्था देखिएको बताउनुभएको छ ।

सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले लोकतन्त्र, गणतन्त्र र संविधान संकटमा पर्न थालेको बताउनुभयो । उहाँले अब कम्युनिष्ट पार्टीहरु एक भइ आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो । उहाँले कम्युनिष्टहरु एक भएर नागरिकको जनजीविका, सामाजिक न्याय र समानताको झण्डा उठाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले विकासलाई अघि बढाइरहेपनि चाहे अनुसारको विकास हुन नसकेको बताउनुभयो । अध्यक्ष नेपालले समाजमा विकृति र विसंगतिको चाङ रहेको भन्दै यसलाई उखेलेर फाल्नुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले नेपाली समाज अफ्ठ्यारो स्थितिबाट अघि बढीरहेको बताउनुभयो ।