२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


शेयर बजारमा थामिएन ओरालो यात्रा


208
Shares

काठमाडौं । शेयर बजारको ओरालो यात्रा सोमबार पनि जारी रह्यो ।

नेप्से सामान्य अंकले घटेको बजारमा कारोवार पनि खुम्चियो ।

आइतबार नेप्से दोहोरो अंकले ओरालो लागेपनि कारोबार सुधारिएको थियो । मौद्रिक नीति समीक्षा चलिलो भएपनि पुँजी बजारका लगानीकर्ताले आशा गरेका विषय सम्बोधन नहुनु, नयाँ ब्रोकर लाइसेन्सको विषयमा देखिएको द्वन्द्व लगायतका कारण बजार सकरात्मक हुन नसकेको लगानीकर्ता बताउँछन् ।

सोमबार विकास बैंक, उत्पादनमूलक, लअुवित्त र वित्त समूह उकालो लाग्दा बाँकी ओरालो लागेका हुन् । निर्जीवन बीमा समूह सबैभन्दा उच्च ५१ अंकले घट्दा अरु सामान्य अंकले रातो रहका हुन् ।

सोमबार नेपाल स्टक एक्सचेन्जमा २ सय ६६ कम्पनीको २३ लाख कित्ता शेयर ७२ करोड ४९ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । घटेको बजारमा पनि एनआइबीएल ग्रोथ फण्डका लगानीकर्ताले भने १० प्रतिशत कमाएका छन् ।