
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग मंगलबार पनि बयान लिइने भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लिएको बयान नसकिएपछि दुवै जनासँग मंगलबार पनि बयान लिइने छ । खाँणसंग सोमबार लिएको बयान नसकिएपछि आज पुनः बयान लिएर आजै साँझसम्ममा फाइल तयार गर्न प्रहरीलाई भनिएको छ । यस्तै रायमाझीसंग पनि सोमबार प्रारम्भिक बयान लिइएको छ । रायमाझीले सोमबारनै बयान सक्न चाहेकोमा खाँणको बयान बाँकी रहेकाले आज एकै पटक बयान सकेर फाइल गरिने बुझिएको छ ।

रायमाझी गत आइतबार राती पक्राउ परेका हुन । भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीद्वयसहित १३ जना अहिले प्रहरी हिरासतमा रहेका छन् । रायमाझीलाई गत बैशाख २० मा पक्राउ पुर्जि जारी गरिएकोमा उनी फरार भएका थिए । उनका छोरा सन्दिपलाई पनि यो प्रकरणमा बैशाख २० नै पक्राउ पुर्जि जारी गरिएकोमा उनी भने त्यतिबेलै पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस्