१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलद्वारा लेस्टर सिटी पराजित


338
Shares

एजेन्सी । । इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीलाई ३–० गोल अन्तरले हराएको छ ।

लेस्टरको मैदानमा भएको खेलमा लिभरपुलका लागि कर्टिस जोन्सले दुई तथा अलेक्जान्डर आर्नोल्डले एक गोल गरे ।गएरातिको यस जितपछि लिभरपुलले शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना जिवितै राखेको छ । पराजित टोली लेष्टर सिटीको भने रेलिगेशनमा पर्ने खतरा झनै बढेको छ । जितपछि लिभरपुलको ३६ खेलबाट ६५ अंक भएको छ । उसले तेस्रो स्थानको न्युकासल युनाइटेड र चौथो स्थानको म्यानचेष्टर युनाइटेडसँगको दुरी एक अंकमा झारेको छ । तर न्युकासल र म्यानचेष्टर युनाइटेडले एक–एक खेल कम खेलेका छन् ।

३४ खेलबाट ५८ अंकसहित छैटौं स्थानमा रहेको ब्राइटन पनि शीर्ष चारमा पर्ने होडमा रहेको छ । लिगमा ३५ खेलबाट ८५ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहँदा ३६ खेलबाट ८१ अंक जोडेको आर्सनल दोस्रो स्थानमा छ ।