
काठमाडौं । सरकारले आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने तयारीको बारेमा छलफल गरेको छ ।
नीति तथा कार्यक्रमको छलफल लागी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सभामुख देवराज घिमिरेबीच मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्तामा भएको हो ।
उक्त भेटमा संसद् बैठक, सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको बताइएको छ । यसअघि जेठ ३ मा नीति तथा कार्यक्रम ल्याउने तयारी भए पनि प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर जेठ ४ गतेलाई तय भएकाले त्यसपछि मात्रै नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो ।
बजेट भाषणअघि सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्