१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चलचित्र ‘नम्बरी सुन’को शीर्ष गीत सार्वजनिक


663
Shares

काठमाडौं । अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाको अभिनय रहेको चलचित्र ‘नम्बरी सुन’ को शीर्ष गीत सार्वजनिक भएको छ ।

सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको ‘नम्बरी सुन’ बोलको गीत सार्वजनिक गरिएको हो ।

राजेश पायल राई र शान्तिश्री परियारको स्वर रहेको गीतमा नारायण खातीको शब्द रहेकाे छ भने सन्तोष श्रेष्ठले संगीत भरेका छन् ।

राजु गिरी द्वार निर्देशित चलचित्रमा गौरव र नम्रतासँगै सरोज खनाल, गौरव दर्पण, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरीलगायत कलाकारको अभिनय छ ।

सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र भदौ १ गतेदेखि प्रदर्शन हुने छ ।