२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


गायिका हेसूको निधन


117
Shares

एजेन्सी । कोरियाली गायिका हेसूको २९ वर्षको उमेरमा निधन भएको छ ।

हासू होटलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हेसूले आत्महत्या गरेकी हुन् ।

प्रहरीले हासूको सुसाइड पत्र प्राप्त गरेको छ । हेसूको निधनले उनका प्रसंशक चकित भएका छन् । हेसू मे १३ मा मृत अवस्थामा फेला परेकी थिइन् । उनी आफ्नो मृत्युको एक दिन अघिसम्म सामाजिक सञ्जालमा आफ्ना प्रसंशकसँग सम्पर्कमा रहेकी समाचारमा उल्लेख छ ।

हेसूको जन्म सन् १९९३ मा भएको थियो । उनले आफ्नो करियर सन् २०१९ मा एकल एल्बम माई लाइफ, मी बाट सुरु गरेकी थिइन् ।

हेसूले आत्महत्या गर्नुको कारण भने खुलाइएको छैन ।