
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताउनुभएको छ ।
मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा बोल्दै वाग्लेले सरकारले निजी क्षेत्र मैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि हुने बताउनुभएको हो ।
उहाँले निजी क्षेत्र संग्लन नहुने क्षेत्रमा राज्यले लगानी गर्ने सरल सिद्धान्तबाट सरकार जानुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्र पखेटा फिँजाएर उड्नको लागि आवश्यक नीतिगत बाटोमा पहिल्याउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले सरकारले निजी क्षेत्रमैत्री वातावरणका सम्भावनाका बारेमा वहस आवश्यक रहेको पनि बताउनुभयो । उहाँले निजी क्षेत्रले सिर्जना गरेको रोजगारी, सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी समृद्ध भएमात्रै कल्याणकारी राज्य धान्ने बताउनुभयो ।
उहाँले अब मुलुकका युवाहरुलाई उद्यमशीलमार्फत देश निर्माणमा लगाउनुपर्ने बताउनुभयो । उहाँले डेमोग्राफिक प्रोजेक्शन अनुसार सन् २०२८ एजिङ सोसाइटीमा जाने भन्दै अबको पाँच वर्ष धैर्य गर्ने कसैसँग समय नहुने बताउनुभयो । उहाँले अबको १५ वर्षको मुलुकको अर्थतन्त्रको स्वरुपको कस्तो बनाउने भन्ने यकिन हुनुपर्ने बताउनुभयो ।
उहाँले छिमेकी मुलुकहरु आर्थिक रुपमा धेरै फड्को मारेको भन्दै विदेशी लगानी भित्रने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालले केही समयअघि आन्तरिक कलहको कारण विश्वका ठूला कम्पनीहरुको लगानी नेपालका आकर्षण गर्न नसकिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्