२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अर्घाखाँचीमा चार जनाको मृत्यु हुने गरि आगो लगाउने पक्राउ


5.2k
Shares

अर्घाखाँची । अर्घाखाँचीमा आगो लगाउने चार जना पक्राउ परेका छन् ।

गत बैशाख २६ र २७ गते भुमिकास्थान नगरपालिका– २ ढाकाबाङमा आगलागीबाट जलेर घाइते भइ उपचारको क्रममा चार जनाको मृत्यु भएको थियो । उक्त दिन आगो लगाउने चार जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पक्राउ पर्नेमा भुमिकास्थान नगरपालिका– २ बस्ने ७० वर्षीय देवीराम बेल्बासे, ३६ वर्र्षीय धर्मराज बेल्बासे, ३६ वर्षीय दिनेश थापा र १८ वर्षीय दिपक विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । घाँस लिएर फर्किदा उक्त क्षेत्रमा बंदेल लगायतका जंगली जनावरले सताएको भन्दै वनको काडाँमा लगाएको आगो सल्किएर गाउँमा पसेको प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले बताउनुभयो ।

आगो लगाउने चारै जनालाई मुलुकी अपराध संहिता २०७४ अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ । आगोबाट बस्तीलाई जोगाउने क्रममा गम्भीर घाइते भएका पिताम्बर वेल्वासे, पदम वेल्वासे, घनश्याम वेल्वासे र माधव वेल्वासेको उपचारका क्रममा मृत्यु भएको थियो भने घाइते भएकी अस्मिता बेल्बासेको स्वास्थ्यमा सुधार आएको छ ।