२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

रेशम चौधरीलाई जन्मकैदको फैसला यथावत राखेपछि नागरिक उन्मुक्ति पार्टीको बिरोध


871
Shares

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी रेशम चौधरीलाई जन्मकैदको फैसला यथावत राखेपछि नागरिक उन्मुक्ति पार्टीले बिरोध प्रदर्शन गरेको छ ।

सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनउँदै पार्टीका केही नेता–कार्यकर्ताहरुले बिरोध जनाएका हुन् । उनीहरुले मंगलबार साँझ माईतीघर मण्डलामा भेला भइ सर्वोच्चको फैसलाप्रति बिरोध जनाएका हुन् ।

प्रदर्शनका क्रममा नागरिक उन्मुक्तिकी केन्द्रिय सदस्य एलिजा गौतमसहितका कार्यकर्ता माईतीघर पुगेका थिए ।

उनीहरुले सर्वोच्चको फैसला अन्यायपूर्ण भएको र तत्काल रेशम चौधरीलाई रिहाइ गर्न माग गरेका छन् ।