१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसलाई राजनीतिक पार्टीको संज्ञा दिन पनि मन लाग्न छोड्यो : एमाले अध्यक्ष ओली


585
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टीप्रति कटाक्ष गर्नुभएको छ ।

३० औं मदन–आश्रित स्मृति दिवसका सन्दर्भमा पुरानो पार्टी कार्यालय बल्खुमा आयोजित कार्यक्रममा उहाँले कांग्रेस राजनीतिक पार्टी भएको संज्ञा दिन पनि मन लाग्न छोडेको बताउनु भएको छ ।

उहाँले देश गम्भीर परिस्थितिमा भएका बेला लामो इतिहास बोकेको कांग्रेस किंकर्तव्यविमूढ बन्न पुगेको भन्दै कांग्रेस हावा न चावाको पार्टी बन्न पुगेको बताउनु भयो ।

अहिलेको गठबन्धन सरकार उद्देश्य र गन्तव्यहीन भएको आरोप लगाउँदै उहाँले अहिले विकास निर्माण नहुनु, अस्थिरता र अराजकताबाट गुज्रनुको कारण सत्ता गठबन्धन नै भएको बताउनु भयो ।

ओलीले एमाले सत्ता स्वार्थ, सरकार गठनका निम्ति कसैसँग नमिल्ने पनि बताउनु भएको छ ।