
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अलोकतान्त्रिक बनेको बताउनुभएको छ ।
बुधबार मदन-आश्रित स्मृति दिवसलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमालेभित्रका अलोकतान्त्रिक चरित्रहरु हटाउन एमाले नेता तथा कार्यकर्ताहरुलाई सुझाव दिनुभयो ।
नेपालले एमालेभित्र नीति भन्दा नेता प्रधान र व्यक्तिवाद हाबी भएको आरोप लगाउनु भयो । उहाँले नेकपा एमाले जनताको बहुदलीय जनवाद (जबज) बाट विचलित भएको आरोप लगाउनु भयो । अध्यक्ष नेपालले पार्टीको यस्ता विचार र नेताविरुद्धमा जुध्न एमालेका नेताहरुले आवाज उठाउनुपर्ने बताउनु भयो ।
अध्यक्ष नेपालले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताउनु भयो । उहाँले नेपालमा काँग्रेस, कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिष्पर्धा भइरहेको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले सरकारमा रहेकाहरुमा कसरी पैसा कमाउने र कसरी जनतालाई लुट्ने भन्ने प्रवृत्ति हाबी रहेको उल्लेख गर्नुभयो ।
उहाँले नेपालको राजनीतिलाई कसरी भ्रष्टीकरणबाट जोगाउने, नेपालको कम्युनिष्ट आन्दोलनलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ? भन्ने ठूलो चुनौति रहेको बताउनुभयो ।
अध्यक्ष नेपालले नेपाली समाजमा धरै अलोकतान्त्रिक प्रवृत्तिहरु विद्यमान रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्