१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मदन भण्डारी हत्याको रहस्य समय क्रममा खुल्छ : अध्यक्ष ओली


1.053k
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्याको रहस्य समय क्रममा खुल्ने दावी गर्नुभएको छ ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा एमालेको पुरानो मूख्यालय बल्खुमा बुधबार आयोजित कार्यक्रममा ओलीले हत्याको सत्यतथ्य खुल्ने दावी गर्नुभएको हो ।

कांग्रेस नेता उमेश गिरीले मदन भण्डारीको हत्या सन्दर्भमा दिएको अन्तवार्ता उल्लेख गर्दै उहाँले मदन भण्डारीको हत्या गर्ने जिम्मा आफूलाई दिइएको र त्यो नमानेको बताएको उहाँले उल्लेख गर्नुभयो । गिरिले नामै तोकेर बोलेको भन्दै समय क्रममा त्यसको खोजी हुने र सत्यतथ्य बाहिर आउने जिकीर गर्नुभयो ।

‘समृद्ध नेपाल सुखी नेपाली’ को सपना अधुरै रहेको भन्दै ओलीले एमाले बाहेक अरु कसैले देश बनाउन सक्दैन भन्नुभयो ।