१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्मचारीहरु राजनीतिमा सक्रिय भएमा बर्खास्त गरिने


24.96k
Shares

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका अन्तर्गतका शैक्षिक संस्थामा कार्यरत राष्ट्रसेवक कर्मचारी र शिक्षकहरुलाई राजनीतिमा सक्रिय नहुन गाउँपालिकाले आग्रह गरेको छ ।

कर्मचारीहरु राजनीतिक दल र तिनका भातृ संस्थामा आबद्ध भएको प्रमाण फेला परेको र सेवा प्रभाहमा समेत असर परेको गुनासो आएपछि गाउँपालिकाले जागिर वा राजनीतिमध्ये एक रोज्न सूचना जारी गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुषालले राजनीतिमा सकृय भएका शैक्षिक संस्थामा कार्यरत राष्ट्रसेवकहरुले जेठ ७ सम्ममा निर्देशन नमानेमा वा लिखित राजीनामा नदिए पदबाट बर्खास्त गर्ने, बर्खास्तको प्रक्रिया अघी बढाउने वा नियमानुसारको कारवाही गर्ने बताउनुभयो ।