२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मंगलबारदेखि हराएका व्यक्ति मृत फेला


2.73k
Shares

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका-२ बुर्तिबाङ तारीखेतमा एक व्यक्तिको शव फेला परेको छ ।

ढोरपाटन-६ मोराङका अन्दाजी ५५ वर्षीय चेबो अदै तारीखेतस्थित बारीमा मृतावस्थामा फेला परेका हुन् ।

तारीखेत छोरीको घरमा बस्दै आएका अदै मंगलबार साँझ करिब ७ बजेदेखि सम्पर्कविहीन भएका थिए ।

साँझ नै परिवारले खोजी गरे पनि नभेटिएको तर बिहान करिब ६ बजेको समयमा घर नजिकैको बारीमा फेला पारेको इलाका प्रहरी कार्यालय, बुर्तिबाङका प्रहरी निरीक्षक राजेश अधिकारीले जानकारी दिनुभयो ।

अदैको मृत्यु कसरी भयो भन्ने बारेमा अहिलेसम्म यकिन नभएको र अनुसन्धान गरिरहेको अधिकारीले बताउनुभयो ।

शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।