२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कांग्रेस शहर केन्द्रित हुन लाग्यो : पूर्वराष्ट्रपति यादव


221
Shares

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेस शहर केन्द्रित भएको आरोप लगाउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पूर्वप्रधानमन्त्री स्व. गिरिजप्रसाद कोईराला रहुन्जेलसम्म गाउँ गाउँमा पुगेर पार्टीका कुराहरु बुझ्ने प्रचलन भएपनि अहिले बिस्तारै हराउँदै गएको बताउनुभयो । उहाँले अहिले केन्द्रिय समितिमा धेरै सदस्य रहेपनि त्यसको सही सदुपयोग हुन नसकेको बताउनुभयो ।

उहाँले निर्वाचनका बेला आधा मात्रै केन्द्रिय सदस्यहरु जिल्लामा खटाएको भए निर्वाचनको नतिजा अर्कै हुने बताउनुभयो ।

प्रथम राष्ट्रपति यादवले अरु पार्टीहरुले मिसन ग्रासरुट गरिरहँदा कांग्रेस भने शहरमा मात्रै केन्द्रित भइरहेको बताउनुभयो ।