
काठमाडौं । लगातार दोस्रो दिन शेयर बजार हरियो रह्यो ।
निरन्तरजसो वियरिस ट्रेण्डमा रहँदै आएको शेयर बजार मंगलबार सामान्य अंकले मात्र हरियो रहेको थियो भने बुधबार दोहोरो अंकले सुधारियो ।
नेप्से २३ अंकले उकालो लागेर १८ सय ४५ पुग्यो । कारोबार भने पछिल्ला दिनका तुलनामा सामान्य सुधारिएर करिब ८६ करोड पुग्यो । सबै समूहमा हरियाली छाउँदा टेलिकम सूचिकृत अन्य समूह सबैभन्दा उच्च २.३७ प्रतिशलते उकालो लाग्यो ।
वित्त, जलविद्युत र निर्जीबन बीमा समूहमा पनि २ प्रतिशत माथिको वृृद्धि आयो । बाँकी पनि अधिकांश समूह दोहोरो अंकले बढे । यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय ६६ कम्पनीको २५ लाख ७७ हजार कित्ता शेयर ८५ करोड ७७ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
बुधबार १ सय ८७ कम्पनीको मूल्य बढ्दा जम्मा २५ को घट्यो । बुधबार आत्मनिर्भर लघुवित्त, ईष्टर्न हाइड्रो र ग्रीनलाईफ हाइड्रोका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत हाराहारीमा कमाए ।
प्रतिक्रिया दिनुहोस्