१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१६ वर्षीया चिनियाँ युवतीद्वारा सगरमाथाको सफल आरोहण


4.472k
Shares

काठमाडौं । १६ वर्षीया चिनियाँ युवतीले सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।

यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।

चिनियाँ युवती शुई चो युआनले यही जेठ १ गते सोमवार बिहान ५ः४२ बजे सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गर्नुभएको हो ।

यसबारेमा बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी जनकारी गराइएको छ । शुई चो युआनले आफ्ना बुबा शुई चियाङ लेईले सन् २००७ मा सगरमाथाको उत्तरी मोहडाबाट सफल आरोहण गर्नुभएको सुनाउँदै त्यहीँबाट आफूले आरोहण गर्ने प्रेरणा पाएको बताउनुभयो ।

आरोहणका क्रममा शुरुवातमा मौसम खराबीका कारण चुनौतिको सामना गर्नुपरेको तर आरोहणको दिन भने मौसमले साथ दिएको बताउनुभयो । उहाँले सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनको असर आफूले सुनेको जस्तै पाएको अनुभव सुनाउनुभयो । उहाँले आरोहणबाट फर्किने क्रममा उपयोग भइसकेका सामान आफूहरुलेसँगै फिर्ता ल्याएको जानकारी समेत गराउनुभयो ।

यस वर्ष सगरमाथा आरोहणको ७० औँ वर्ष पुगेको अवसरमा सबैभन्दा धेरै आरोहीले आरोहणको अनुमति लिएका छन् । यस वर्षको आरोहण शनिवारदेखि सुरु भएको हो ।