२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भ्रष्टाचार नियन्त्रणमा राज्यका सबै निकायहरु जिम्मेवार हुनुपर्छ : महालेखापरीक्षक शर्मा


91
Shares

काठमाडौं । महालेखापरीक्षक टंकमणि शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरु जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

बुधबार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘सुशासन प्रवद्र्धनमा नागरिकको भुमिका’ विषयक कार्यक्रममा बोल्दै महालेखापरीक्षक शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरु बराबरी जिम्मेवार हुनुपर्ने बताउनुभएको हो ।

उहाँले राज्यका जिम्मेवार पदमा पुगेका व्यक्तित्वहरु पनि भ्रष्टाचार नियन्त्रणका लागि जिम्मेवार हुनुपर्ने बताउनुभयो । त्यसका साथै नागरिक पनि जिम्मेवार हुनुपर्ने उहाँको भनाई छ । उहाँले राज्यका निकायहरुकाबीच एकले अर्कोलाई जिम्मेवारी पन्छाउने गर्नाले अनियमितता र भ्रष्टाचार भएको बताउनुभयो ।

उहाँले भ्रष्टाचार हुन नदिन नागरिकले राज्यको निकायहरुमा निगरानी र खबरदारी गर्नुपर्ने बताउनुभयो । नागरिकहरु आफैँपनि भ्रष्ट गतिविधि र अभ्यासहरुमा संलग्न हुनु नहुने उहाँको भनाई छ । उहाँले अहिले गाउँगाउँसम्म भ्रष्टाचार विस्तार भएको उल्लेख गर्दै नागरिकहरुले स्थानीय तहले गरेका काम, कारबाहीहरुमा निगरानी र चासो राख्नुपर्नेमा जोड दिनुभयो ।