२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभामा जवाफ दिने


325
Shares

काठमाडाैं । प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरुले विभिन्न विषयमा उठाएका जिज्ञासा र प्रश्नहरुको जवाफ दिनु हुने भएको छ ।

बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची पनि रहेको छ ।

सरकारले भोलि आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी समेत गरेको छ ।