१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्पेनी नागरिकको हिमाल आरोहण प्रयास चौधौं पटक असफल


507
Shares

म्याग्दी । स्पेनका ८४ वर्षीय कार्लोस सोरिया फोन्तेनको धौलागिरी हिमालको सफल आरोहण गर्ने प्रयास यस पटक पनि सफल हुन सकेन ।

धौलागिरि आरोहणका लागि गएका फोन्तेन शिखर भन्दा केही तल दूर्घटनामा परेपछि उनको चौधौं पटकको प्रयास पनि सफल हुन नसकेको हो ।

८ हजार १ सय ६७ मिटरको उचाइको तेस्रो शिविरबाट माथि जाने क्रममा फोन्तेन दूर्घटनामा परी घाइते भएको सेभेन समिट ट्रेक्सले जनाएको छ । यसैबीच, विभिन्न देशका आठ जना पर्वतारोहीहरुले बुधबार धौलागिरि हिमालको सफल आरोहण गरेका छन् ।

सेभेन समिट ट्रेक मार्फत् गएका नर्वेका भिवेके आन्ड्रेया सेफ्लेन्ट, पाकिस्तानका शेहरोज काशिफ, भारतका जीतेन्द्र रामदा कवारे, नेपालका छेपाल शेर्पा र जाङव्बु शेर्पा बुधबार बिहान विश्वको सातौं अग्लो शिखरमा पुगेका हुन ।

यस्तै, पायनियर एडभेन्चरबाट गएका सतीश रवीन्द्र गोगिनेनी, पासाङ शेर्पा र दावा दोर्ची शेर्पा पनि बुधबार विहान नै धौलागिरिको चुचुरोमा पुगेका थिए । धौलागिरि आरोहणका लागि यो सिजनमा ११ महिलासहित ३५ जनाले अनुमति लिएका छन ।

उता, सेनाको सफा हिमाल अभियानमा संलग्न संखुवासभाका फुर्वा शेर्पाको सगरमाथाबाट झर्ने क्रममा मृत्यु भएको छ । सगरमाथाको सफाइ आरोहण सकेर फर्किने क्रममा लडेर उनको मृत्यु भएको र सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।