२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रतिनिधि सभा बैठक शुरु,प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिदैं


104
Shares

काठमाडौं । बिहिबार बस्ने भनिएको प्रतिनिभि सभाको बैठक शुरु भएको छ ।

बैठक ११ बजेका लागि बोलाइएको भएपनि केहीबेर अघि मात्रै शुरु भएको हो । आजको बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर गरिरहेका छन् । प्रधानमन्त्री दाहाललाई प्रश्न सोध्न २० जना प्रतिनिधि सभाका सांसदले आफ्नो नाम संसद सचिवालयमा टिपाएका छन् ।

तर प्रतिनिधि सभाको नियमावलीमा भएको व्यवस्था अनुसार बैठकमा १५ जना सांसदले मात्रै प्रश्न सोध्न सक्नेछन् । प्रश्न सोध्ने धेरै सांसदहरु भएपछि नियम निलम्बन गरिएको छ । प्रश्न गर्न चाहने सांसद्ले विषयवस्तुसहित ३ दिनअगाडि नै संसद सचिवालयमा जानकारी गराउनुपर्ने प्रावधान रहेको छ ।

सांसदहरूले अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरण, नागरिकता, प्रधानमन्त्रीको भारत भ्रमण, भ्रष्टाचार,बेथिति आदि विषयमा प्रधानमन्त्रीलाई प्रश्न सोध्न लागेका हुन् ।