२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


आज सुनको मूल्य घट्यो


2.21k
Shares

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ भने चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य एक लाख ९ हजार ७८ सय, तेजाबी सुनको मूल्य एक लाख ९ हजार २ सय र चाँदीको मूल्य १३ सय ७० रुपैयाँ तोलामा स्थिर छ ।

यस्तै, बुधबार छापावाल सुन एक लाख १० हजार र तेजाबी सुन एक लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।