
काठमाडौं । बिहिबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै पनि शुरु हुन सकेको छैन ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुले प्रश्नोत्तर गर्ने कार्यसूचि रहेको छ । प्रश्नोत्तरलाई कसरी अघि बढाउने भन्ने बिषयमा प्रधानमन्त्री दाहाल र सभामुख देवराज घिमिरे छलफलमा जुटेका कारण बैठक ढीला हुन गएको हो । छलफल लम्बिदा समयमै संसद पुगेका सांसदहरु भने असन्तुष्टि पोखेका छन् । साढे १२ बजेसम्म पनि बैठक शुरु भएको छैन ।
प्रतिक्रिया दिनुहोस्