१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


जनयुद्ध र जनआन्दोलनका घाइतेलाई पुनःस्थापना गरिने प्रधानन्त्रीको भनाई


156
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध र जनआन्दोलनका घाइते र अपांगता भएका व्यक्तिहरुको पुनःस्थापना र परिपुरणको कार्यलाई प्राथमिकता दिइने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको प्रश्नोत्तर कार्यक्रममा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु पूरा गर्न सरकार प्रयत्नशिल रहेको बताउनु भयो ।

उहाँले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको सिफारिसका आधारमा जनयुद्ध र जनआन्दोलनका घाइते र अपांगता भएका व्यक्तिको पुनःस्थापना र परिपुरणको कार्यलाई प्राथमिकताका साथ अगाडी बढाइने जानकारी गराउनु भयो । उहाँले यस विषयमा वृहत राजनीतिक सहमतिको निम्ति प्रयास गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकहरुलाई सहमतिमा टुंग्याउन मुख्य राजनीतिक दलहरुका बीचमा समझदारी भएको पनि बताउनु भयो ।