२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नागरिकता सम्बन्धी विधेयक एक महिनाभित्र टुंगो लाग्छ : प्रधानमन्त्री दाहाल


143
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुंगो लाग्ने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा सदस्य दीपक कार्कीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एक महिनाभित्रै नागरिकतासम्बन्धी विधेयकको टुंगो लाग्ने बताउनुभएको हो ।

उहाँले अघिल्लो प्रतिनिधि सभाकै पालामा पारित भएर राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणिकरण नभएर होल्ड भएर बसेको र खारेज समेत नभएको अवस्था रहेको भन्दै उहाँले सोही विधेयकलाई राष्ट्रपतिमार्फत प्रमाणिकरण गराउने विषयमा पनि छलफल भइरहेको बताउनुभयो ।

उहाँले नयाँ विधेयक ल्याउनुपर्ने मत समेत रहेको भन्दै विभिन्न सम्भावनाहरुमा छलफल भइरहेको बताउनुभयो ।