२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भुटानी शरणार्थी प्रकरण निष्पक्ष रुपमा छानबिन हुनुपर्छ : महासचिव पोखरेल


91
Shares

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण निष्पक्ष रुपमा छानबिन हुनुपर्ने बताउनुभएको छ ।

पार्टी कार्यालय च्यासलमा आयोजित कार्याक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालीलाई अनागरिक बनाएर विदेश पठाउन खोज्नु राज्यविरुद्ध घात भएको उल्लेख गर्दै यस्ता घटनाप्रति राज्य शक्त भएर काम गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले निर्दोष कसैलाई फसाउने र दोषी उम्किन नदिनेगरी छानबिन हुन जरुरी रहेको उल्लेख गर्नुभयो । पोखरेलले लडाकु शिविर घोटाला, बालुवाटार जग्गा प्रकरण, सिसिटिभी फुटेज प्रकरणका बारेमा पनि छानबिन गर्न माग गर्नुभयो । उहाँले समाजमा नेता र पार्टीहरु नै खराब हुन् भन्ने भाष्य खडा नगर्न चेतावनी दिनुभयो ।

महासचिव पोखरेलले देशको आर्थिक अवस्था अहिलेको स्थितिमा पुग्नुको कारण प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जिम्मेवारी रहेको बताउनुभयो । उहाँले अहिलेको आर्थिक अवस्थाको जिम्मेवारी सत्ता गठबन्धनले लिनुपर्ने बताउनुभयो ।

उहाँले आफ्नो पार्टी सरकारमा रहँदा राजश्व नियमति उठ्ने गरेको तर अहिले राज्शव नै उठ्न नसक्नुको कारण माग गर्नुभयो । महासचिव पोखरेलले विद्यार्थी संगठनले देशको शिक्षा प्रणाली परिवर्तनको आन्दोलन थाल्नुपर्ने बताउनुभयो ।