१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सांसदले प्रश्न नसोध्दै प्रश्नहरु सञ्चार माध्यममा आउनु उपयुक्त भएन : सांसद पन्त


182
Shares

काठमाडौं । सांसदहरुले प्रधानमन्त्रीलाई सोध्न संघीय संसद सचिवालयमा बुझाएको प्रश्नहरु प्रतिनिधि सभा बैठक अगावै बाहिरिएकोमा नेकपा(एमाले)का सांसद रघुजी पन्तले असन्तुष्टि जनाउनुभएको छ ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीलाई सोध्नका लागि प्रतिनिधि सभा नियमावली अनुसार ३ दिन अगावै संघीय संसद सचिवालयमा दर्ता भएका प्रश्नहरु बिहीबार बिहानै सञ्चारमाध्यमहरुमा प्रकाशित भएका थिए । प्रश्नहरु आउट भएकोमा सांसद पन्तले प्रतिनिधि सभा बैठकमै असन्तुष्टि जनाउनुभएको हो ।

उहाँले प्रश्न कसले आउट गरेको हो भनि प्रश्न समेत गर्नुभयो । उहाँले संसदभित्र प्रधानमन्त्रीलाई प्रश्न सोध्ने विशेषअधिकार सांसदहरुको मात्रै भएको उल्लेख गर्दै सांसदले प्रश्न नसोध्दै अखबार र सञ्चार माध्यमहरुमा आउनु अनुपयुक्त भएको बताउनुभयो ।

उहाँले आगामी दिनमा यसरी प्रश्नहरु आउट नगर्न ध्यानाकर्षण समेत गराउनुभयो ।