
काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारीसाधनको विस्तार गर्नेकुरा सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले उर्जामा सबैको सहभागिताको सुनिश्चितता र उर्जा सुरक्षाको सवाललाई सरकारले पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । उहाँले विद्युतीय सामाग्रीहरुको प्रयोगले वातावरण स्वच्छ हुने बताउनुभयो ।
उहाँले विद्युतीय सवारीसाधनको बिस्तारका लागि चार्जिङ स्टेशन वृद्धि गर्न आवश्यक रहेको भन्दै सरकार चार्जिङ स्टेशन वृद्धि गर्नेकुरामा प्रतिवद्ध रहेको बताउनुभयो ।
मन्त्री बस्नेतले काठमाडौं उपत्यका लगायतका मुख्य शहरी क्षेत्रमा ट्रली बसको सम्भावनाको बारेमा सरकारले अध्ययन गरीरहेको र सञ्चालनमा ल्याउने कुरा सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्