
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको बजेट घटाउनु नहुने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खनालले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको बजेट घटाउनु नहुने बताउनुभएको हो ।
उहाँले मन्त्रालयमा बजेटको सिलिङ २० प्रतिशतले घटाएको सुनिएको भन्दै त्यसो गरिए दुर्भाग्यपूर्ण हुने बताउनुभयो । उहाँले सार्वजनिक शिक्षाको गुणस्तरलाई बढाउने हो भने यस वर्ष मात्रै सय अर्बभन्दा बढी बजेट चाहिने उल्लेख गर्नुभयो ।
त्यसैगरी सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै रास्वपाका सांसद मनिष झाले प्रधानमन्त्रीले सांसदहरुसँग गरेको प्रश्नोत्तर म्याचफिक्सिङ गरिएको खेल हेरेजस्तै भएको टिप्पणी गर्नुभयो । उहाँले प्रश्नोत्तर गरेर राम्रो अभ्यास सुरु भएको भन्दै अभ्यासलाई सुधार्नु आवश्यक रहेको बताउनुभयो ।
रास्वपा सांसद विराजभक्त श्रेष्ठले प्रधानन्त्रीले कयौँ प्रश्नहरुको जवाफ नदिनुभएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले सांसदहरुसँग प्रश्नोत्तर गर्नु सुसंस्कृत अभ्यास भएको बताउनुभयो ।
उहाँले पहिलो प्रश्नोत्तर नै नियमावली निलम्बन गरेर गर्नुपरेको भन्दै असन्तुष्टि व्यक्ति गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्