१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ गम्भिर भएर दिनुभएन : गिरी


533
Shares

काठमाडौं । नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुको प्रश्नको जवाफ गम्भिरताको साथ नदिएको बताउनुभएको छ ।

बिहीबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक गिरीले प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीबाट गम्भिरता र महत्वका साथ प्रश्नको जवाफ नआएको बताउनुभएको हो ।

प्रश्नोत्तर केवल औपचारिकतामा मात्रै सिमित भएको उहाँले बताउनुभयो । मुलुकमा आर्थिक संकट भएपनि समस्याको समाधान गर्ने ठोस योजनाहरुसहितको जवाफ प्रधानमन्त्रीले दिन नसकेको उहाँको भनाई छ । सरकार कुहिरोको कागजजस्तो दिशाहिन अवस्थामा रहेको उहाँले बताउनुभयो । प्रमुख सचेतक गिरीले आगामी बजेट रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नेगरी आउनुपर्ने बताउनुभयो ।

त्यस्तै, एमाले सांसद योगेशकुमार भट्टराईले संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर जीवन्त नभएको टिप्पणी गर्नुभयो । प्रश्न पहिले नै सोध्ने र तयारी साथ उत्तर ल्याएर प्रश्नोत्तर गर्दा जीवन्त नहुने उहाँको भनाई छ । प्रश्नोत्तर केवल कर्ममाण्डी मात्रै भएको उहाँले बताउनुभयो । भट्टराईले नक्कली भूटानी शरणार्थी प्रकरणको घटनालाई सामसुम पारिने हो कि भन्ने आशंका आफूलाई उब्जिएको बताउनुभयो ।

उहाँले धेरै प्रश्नहरुमा प्रधानमन्त्रीले स्पष्ट जवाफ नदिएको बताउनुभयो ।