२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


प्रधानमन्त्रीसँगको प्रश्नोत्तर जीवन्त भयो, खदिलो ढंगले उत्तर दिनुभयो : सांसद सापकोटा


676
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर जीवन्त भएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सापकोटाले प्रधानमन्त्रीले सांसदहरुसँग गर्नुभएको प्रश्नोत्तर कार्यक्रम जीवन्त भएको टिप्पणी गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्रीले लेखेर ल्याएको कुरालाई मात्रै नराखी बिहीबार बिहानसम्मका घटनाक्रमहरुलाई समेटेर खदिलो ढंगले प्रश्नको उत्तर दिएको बताउनुभयो । प्रश्नोत्तरलाई नियमित र प्रभावकारी बनाउनुपर्ने उहाँको भनाई छ ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीलाई आफुले पहिलो नम्बरमा प्रश्न दर्ता गराएको भएपनि पछाडी पालो दिइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले स्वतन्त्र र साना पार्टीहरुलाई बोल्न नदिने गरिएको बताउनुभयो । उहाँले कांग्रेस र एमालेका धेरै सांसदहरुले बोल्नु आवश्यक नभएको बताउनुभयो ।

उहाँले प्रश्नोत्तर कार्यक्रम अभ्यासको पहिलो चरणमा भएकाले जति हुनुपर्ने त्यति सन्तोषजनक नभएको टिप्पणी गर्नुभयो ।