२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


पदक विजेता बक्सिङ खेलाडी सम्मानित


39
Shares

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले एएसबीसी एसियाली यु–२२ बक्सिङ च्याम्पियनसिपमा पदक जितेका खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।

बिहीबार संघले एक कार्यक्रमको आयोजना गरेर जनवरी १८ देखि २६ तारिखसम्म थाइल्याण्डको बैंककमा भएको प्रतियोगिताको पदक जितेक खेलाडीलाई नगद सहित सम्मान गरेको हो ।

प्रतियोगितामा महिला ४८ केजीमा सुस्मा तामाङले रजत तथा ५७ केजीमा हेमा राई र ७५ केजीमा त्रिशा जबेगुले कांस्य जितेका थिए । पुरुष ८६ केजीमा विजय बाटाले कांस्य हात पारेको थिए । सुस्माले २० हजार नगद पुरस्कार पाइन् । सुस्माले जितेको रजत पदक नेपाली बक्सिङको इतिहासमा कुनैपनि नेपाली खेलाडीले एशियाली स्तरमा जितेको सबै भन्दा ठूलो पदक हो । बाँकी कांस्य विजेताले जनही १० हजार नगद पुरस्कार पाए ।

यस्तै प्रतियोगिताका प्रशिक्षकद्वय दीपक महर्जन र सन्दीप श्रेष्ठ समान ५–५ हजार नगदसहित सम्मानित भए भने व्यवस्थापक ओमनारायण श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

सोही अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा योगदान पु¥याएबापत प्रशिक्षक राजकृष्ण महर्जन र नवीन तण्डुकार पनि सम्मानित भए । उनीहरुलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, वागमती प्रदेशकी सांसद मिना पराजुली, नेपाली कांग्रेसकी केन्द्रिय सदस्य राधा घले, नेपाल लोकतान्त्रिक खेलकुद संघ, वागमती प्रदेशका अध्यक्ष दीपक गुरुङलगायतले एक कार्यक्रमबीच नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।