२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


मछिन्द्र फ्रेण्ड्ससँग बराबरीमा रोकियो


0
Shares

काठमाडौं । सहीद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लब र फ्रेण्ड्स क्लबले २–२ गोलको बराबरी खेलेका छन् ।

दशरथ रंगशालामा भएको खेलमा आफिज ओलावालेले दुई गोल गरेपछि मछिन्द्रले दुई पटक पछि परेको अवस्थामा पुनरागमन गर्दै बराबरी गरेको हो ।

चारै गोल खेलको दोस्रो हाफमा भएको थियो । बराबरीपछि मछिन्द्रले शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडसँग अंक बराबरी गर्ने मौका गुमायो । १९ खेलबाट ३१ अंक जोडेको मछिन्द्र तेस्रो स्थानमै यथावत छ । दोस्रो स्थानको जावलाखेल समान अंक भएपनि मछिन्द्र हेड टु हेडमा पछि छ । चर्च ब्वाइज र जावलाखेलले मछिन्द्र भन्दा एक खेल कम खेलेका छन् ।

यस्तै, फ्रेण्ड्स १९ खेलबाट २१ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ र रेलिगेसनबाट जोगिन संघर्षरत छ ।

आजै भएको अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबले पनि २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । मनाङका लागि दुवै गोल कोफी कोउडोले गरे । संकटाका लागि युसुफ अट्रिसले र मनिष डाँगीले गोल गरे । बराबरीपछि मनाङ १९ खेलबाट २३ अंक जोडेर सातौं स्थानमा उक्लेको छ ।

यस्तै, संकटा १९ खेलबाट २२ अंकसहित नवौँ स्थानमा उक्लेको छ ।