११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


‘क्यान्टोन्मेन्ट’मा भ्रष्टाचार ठहर भए जेल जान्छु’


260
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘क्यान्टोन्मेन्ट’मा ‘भ्रष्टाचार’ ठहर भए आफू जेल जान तयार रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले क्यान्टोन्मेटमा भ्रष्टाचार नभएको दावी गर्दै यदि भ्रष्टाचार भएको प्रमाणित भए त्यसको जिम्मेवारी लिँदै आफू जेल जान तयार रहेको उनले बताए ।

प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसद ज्ञानबहादुर शाहीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राजनीतिक आग्रह र पूर्वाग्रहका साथ भ्रष्टाचार भएको भन्ने गरिएको बताए ।

सांसद शाहीले प्रश्न गरे, ‘पेन्सन र प्रहरीको तलब दिन नसक्ने स्थिति चार महिनादेखि देखापरेको छ । तपाईंको समाधान के छ ? र पूर्वमाओवादी लडाकुलाई राज्यकोषबाट वितरण भएको रकममा व्यापक भ्रष्टाचार भएको आरोप छ । तपाई संसद्को विशेष समिति गठन गरेर यसको छानबिन गर्न तयार हुनुहुन्छ ?’

‘क्यान्टोन्मेन्टको कुरा पूर्वाग्रही र कपोलकल्पित छ भन्ने मेरो दृढ विश्वास छ । फेरि पनि कसैले दिएको उजुरीकै आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैं जेल जान तयार रहेको कुरा पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले जवाफ दिँदै भने ।

यो समाचार आजको राजधानी दैनीकमा प्रकाशित छ ।