११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


भैरहवा-क्वालालम्पुर उडान सुरु गर्दै निगम


546
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमले भैरहवास्तिथ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया नियमित उडान सुरु गर्ने भएको छ ।

निगमले जेठ २९ गतेदेखि क्वालालम्पुर उडान सुरु गर्न लागेको हो । निगमले उडान तालिकाअनुसार भैरहवा क्वालालम्पुर सेक्टरमा उडान गर्ने गरी गरी टिकट बुकिङ खुला गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट तत्काललाई निगमले हप्ताको एक उडानबाट सुरु गर्नेछ र बजारको माग तथा निगमको बजारको व्यवस्थापनअनुसार अन्य गरुन्तव्यमा समेत उडान अनुमति लिई उडानको संख्या बढाउँदै लैजानेछ ।

सुरुवाती चरणमा उडान प्रवद्र्धनका लागि निगमले मलेसियादेखि भैरशवासम्म उडान भर्दा भाडादर १२ हजार सात सय रुपैयाँ तोकेको छ भने भैरहवाबाट मलेसिया उडान भर्दा १४ हजार ७ सय २० रुपैयाँ तोकेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।