१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सेभिया र रोमा युरोपा लिग फुटबलको फाइनलमा प्रवेश


208
Shares

काठमाडौं । इटालीको ए.एस रोमा र स्पेनको सेभिया युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार राति भएको सेमिफाइनल दोस्रो लेगको खेलमा रोमाले जर्मनीको बायर लिभरकुजेनसँग गोलरहित बराबरी खेल्यो । पहिलो लेगमा हात पारेको १–० को जितको मद्दतले रोमा फाइनलमा पुगेको हो ।

रोमाले अब फाइनलमा स्पेनको सेभियाको सामना गर्नेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा इटालीको युभेन्टसलाई समग्रमा ३–२ ले हराउँदै सेभिया फाइनलमा पुगेको हो ।

सेभिया र रोमाबिचको फाइनल खेल यही मे ३१ तारिखमा हंगेरीको बुडापेष्टमा हुनेछ ।