१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


दाङमा बस दुर्घटना, एक जनाको मृत्यु २३ जना घाइते


559
Shares

कठमाडौं । दाङमा दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

बस शुक्रबार बिहान दाङको देउखुरी भन्ने ठाँउमा दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियार रहेकी छन् ।

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।