१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुनको मुल्य प्रतितोला पाँच सय रूपैयाँले घट्यो


1.729k
Shares

काठमाडौं । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ।

शुक्रबार सुनको भाउ प्रतितोला पाँच सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुनको मूल्य एक लाख ९ हजार ७ सय, तेजाबी सुनको मूल्य एक लाख ९ हजार २ सय र चाँदीको मूल्य १३ सय ७० रुपैयाँ तोलामा स्थिर रहेको थियो ।

चाँदीको मूल्य भने बिहीबार र शुक्रबार पनि स्थिर रहेको छ ।